लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

1.13k
Shares

काठमाडौँ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि लिबियामा संयुक्त राष्ट्र सहयोग मिशन (यूएनएसएमआइएल) मा तैनाथ श्री स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फालाई बदली गर्नको लागि श्री भगवती प्रसाद गुल्म स्पेशल गार्ड युनिट (शान्ति सेना) छैठौ डफ्फाका ५८ जना शान्ति सैनिकहरूको पहिलो टोली प्रस्थान गरेको छ।

प्रमुख सेनानी विश्वनाथ तिमिल्सिनाको नेतृत्वमा संयुक्त राष्ट्र चार्टर्ड उडानमार्फत टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको हो

यस्तै, उक्त मिसनमा तैनाथ श्री स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फाका ५९ जना शान्ति सैनिकहरू सेनानी मोहन सिँह भण्डारीको नेतृत्वमा आजै स्वदेश फिर्ता भएका छन् ।

हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।