खिजी देम्बामा ८८ जना अपाङ्गता भएको व्यक्ति थपिए 

5.08k
Shares

ओखलढुंगा ।

ओखलढुंगाको खिजी देम्बा गाउँपालिकामा थप ८८ जना अपाङ्गता भएकाहरुले अपाङ्गताको परिचयपत्र  प्राप्त गरेका छन्  ।
जसमध्ये ५ जनाले ‘क’ वर्गको, २४ जनाले ‘ख’ वर्गको, १९ जनाले ‘ग’ वर्गको र ४० जनाले ‘घ’ वर्गको अपाङ्गता भएको परिचयपत्र प्राप्त गरेका छ्न ।
यसै गरी  २ सय ५४ जनाले पुरानो परिचयपत्र नवीकरण गरेको खिजी देम्बा गाउपालिकाका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख मनु उपाध्यायले बताएका छन् ।

खिजी देम्बा गाउपालिकाको तथ्यांकअनुसार ३ सय ८४ जना पुरानो अपाङ्गता भएका ब्याक्तीहरु भएता पनि २ सय ५४ जनाले मात्रै परिचय पत्र नवीकरण गराएका छन् ।

कोशी प्रदेश सरकार, खिजी देम्बा गाउपालिका र करुणा फाउन्डेसनको साझेदारीमा सञ्चालीत कार्यक्रम अपाङ्गता रोकथाम तथा पुन स्थापना कार्यक्रम अन्तर्गत खिजी देम्बा गाउँपालिकाले आयोजना गरेको अपाङ्गता भएका ब्यक्तीहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान, परिचयपत्र वितरण तथा अपाङ्गता भएकाहरुको आवश्यकता पहिचान शिविर मार्फत नयाँ परिचयपत्र वितरणका साथै पुरानो परिचयपत्र नवीकरण गरिएको हो ।