एक हजार ६ सयले बढ्यो सुनको मूल्य

9.59k
Shares

काठमाडौं ।

नेपाली बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार नौ सय रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३८ हजार छ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।