लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा थापा निर्वाचित



काठमाडौं ।

नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन्। संघको आज बिहान सम्पन्न निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन्।

त्यस्तै प्रथम उपाध्यक्षमा विनोदजङ्ग केसी, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू, तृतीय उपाध्यक्षमा सेमन्तराज न्यौपाने र महासचिवमा महेशकुमार बस्नेत निर्वाचित भएका छन्। सचिवद्वयमा तुलसीराम पुरी र राज लामा, कोषाध्यक्षमा हिमा गुरुङ र सहकोषाध्यक्षमा लिलबहादुर तामाङ निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरूमा देवीप्रसाद गिरी, शालिकराम अधिकारी, दीपककुमार राय, सौरभ आचार्य, विद्यालक्ष्मी बज्राचार्य, अभिनभमानसिंह बस्नेत, राजेश्वर यादव, सविताकुमारी सिंह, रोशना निरौला र महेशकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

संघमा देशभरका चार सयभन्दा बढी व्यवसायी आबद्ध छन्।

प्रतिक्रिया दिनुहोस्