प्रकाश र उषाले जिते साइकल दौड उपाधि

70
Shares

पोखरा ।

पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापामगर र उषा खनालले जितेका छन्। पुरुषतर्फको निर्धारित २८ कि.मि. दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्डमा पार गर्दै प्रकाश पहिलो भएका हुन्।

यस्तै एक घण्टा ३९ मिनेट २३ सेकेन्डमा दुरी पार गर्दै सुरज रानामगर दोस्रो भए। एक घण्टा ४३ मिनेट ५८ सेकेन्डमा पार गर्दै हिमाल टमाटा तेस्रो भए। अच्युतकृष्ण खरेल चौँथो र लक्ष्मण मल्ल पाँचौ स्थान हासिल गरे। खरेलले एक घण्टा ४८ मिनेट १० सेकेन्ड र मल्लले एक घण्टा ५२ मिनेट ५१ सेकेन्डमा दौड पुरा गरेका थिए।

महिलातर्फको निर्धारित २० कि.मि. दुरी उषाले एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पार गर्र्दै प्रथम भएकी हुन् । हुमी बुढामगरले एक घण्टा ४० मिनेट ११ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो हुँदा इन्द्रकुमारी तामाङले एक घण्टा ५९ मिनेट १ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरिन्।

सोफिया विक चौँथो र प्रेमा परियार पाँचौ भए। सोफियाले दुई घण्टा २१ मिनेट १२ सेकेन्ड र प्रेमाले दुई घण्टा ३९ मिनेट ३ सेकेन्डमा दुरी पुरा गरिन् ।

प्रतियोगिताको विजेताद्धयले नगद ५०/५० हजार रुपैयाँ प्राप्त गरे भने, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेले क्रमशः समान ३० हजार, २० हजार, १० हजार र ५ हजार रूपैयाँ प्राप्त गरे।

पोखरा महानगरस्तरीय प्रतियोगिताको पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक पोखरा च्याम्पियन बने। उनीहरुले १०/१० हजार रूपैयाँ पुरस्कार पाए।