काठमाडौं महानगरपालिका विजेता बन्यो



काठमाडौं ।

प्रथम उपत्यकाब्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ।
शनिबार गोदावरीको झ्यालुन्टार मैदानमा सम्पन्न फाइनलमा काठमाडौंले चन्द्रागिरी नगरपालिकालाई २–१ ले पराजित गरेको हो।

विजेता टोली काठमाडौंले ५ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता चन्द्रागिरीले ३ लाख रुपैयाँ हासिल गर्‍यो। गोदावरी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी काठमाडौंका एरिक विष्ट भए। उनले ३० हजार नगद प्राप्त गरेका थिए। अनुशासित टोली घोषित भएर महालक्ष्मी नगरपालिकाले ५० हजार रुपियाँ प्राप्त गर्‍यो।

यस्तै, सर्वाधिक गोलकर्ता कीर्तिपुर नगरपालिकाका युमन महर्जन, उत्कृष्ट गोलकीपर काठमाडौंका सुदीप गिरी, उत्कृष्ट डिफेन्डर चन्द्रागिरीका सहिला राना र उत्कृष्ट प्रशिक्षक काठमाडौंका सन्तोष न्यौपाने घोषित भएका थिए। विधामा सबैले समान २५ हजार नगद पुरस्कार प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्