चेन्नईलाई हराउँदै बैंगलुरु प्लेअफमा



काठमाडौं ।

रोयल च्यालेन्जर्स बैंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गए राति सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो।

बैंगलुरुले दिएको २१९ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएपछि खेल बैंगलुरुले २७ रनले जितेको थियो । चेन्नईले प्लेअफमा स्थान बनाउन २०१ रन बनाउनुपर्नेमा चेन्नई सो रन बनाउन असफल भएको थियो। त्यसपछि बैंगलुरु समान १४ अङ्क भएपनि रन रेटका आधारमा प्लेअफमा छानिएको थियो।

योसँगै यस सिजनको आइपिएलमा प्लेअफमा पुग्ने चार टिमको टुङ्गो लागेको छ।  जसमा कोलकोता, राजस्थान, हैदरावाद र बैंगलुरु रहेका छन्। कोलकाता अङ्क तालिकामा शीर्ष स्थानमा कायम रहेको छ भने बैंगलुरु चौथो स्थानमा रहने पक्का भएको छ।  अब आज हुने अन्तिम खेलले दोस्रो र तेस्रो स्थानको टुङ्गो लगाउने छ।

आईपीएलमा प्लेअफअघिका अन्तिम दुई खेल आज हुँदै छन्।  आज सनराइजर्स हैदरावाद र पञ्जाव तथा कोलकाता र राजस्थान खेल्दै छन्।

प्रतिक्रिया दिनुहोस्