ललितपुर मेयरर्स कपको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम भिड्दै



काठमाडौँ ।

जारी ललितपुर मेयरर्स कप महिला टी-२० क्रिकेटको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । टियु मैदानमा हुने यो खेल आज बिहान १० बजेदेखि शुरु हुने छ ।

जारी प्रतियोगितामा एपीएफले आफ्ना सबै चार खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

त्यस्तै सुदूरपश्चिमले आफ्ना ४ मध्ये ३ खेल जितेर दोस्रो हुँदै फाइनलमा पुगेको छ ।

ललितपुर मेयर्स कपमा एपीएफ र सुदूरपश्चिमसहित ५ टिमले भाग लिएका छन् । जसमा एपीएफ, सुदूरपश्चिम प्रदेशसहित ललितपुर मेयर एघार, बागमती प्रदेश र कोशी प्रदेशका टिम थिए ।

प्रतिक्रिया दिनुहोस्