काठमाडौँको मनमैजुमा प्रहरी जवान मृत भेटिए

826
Shares

काठमाडौं ।

काठमाडौँको तरकेश्वर नगरपालिका-९ मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।