विद्यालयमा नमुना निर्वाचन अभ्यास

2.4k
Shares

नवलपरासी ।

सदरमुकाम कावासोती स्थित सिद्धार्थ आवासीय माविले शिक्षण सिकाइ क्रियाकलाप अन्तर्गत नमुना निर्वाचन अभ्यास गरेको छ ।
विद्यालयका सह प्राचार्य अशोक पौडेलका अनुसार निर्वाचन नमुना अभ्यास कार्यक्रममा कक्षा ६ देखि १० सम्मका ६ सय ५० विद्यार्थीले नमुना मतदान गरेका थिए ।

विद्यालयमा छात्रछात्राबीच शिक्षण सिकाई लगायत अतिरिक्त क्रियाकलापमा रचनात्मक प्रतिस्पर्धा गराई राख्न सदन नेता उप नेताकाे चयनका लागि निर्वाचन गरिएको हाे ।

सामाजिक विषय अध्ययनका क्रममा राज्यले अवलम्बन गरेको निर्वाचन प्रक्रियालाई सैद्धान्तिकका साथै व्यवहारिक  रूपमा बुझ्न निर्वाचन नमुना अभ्यास प्रभाकारी हुने पौडेल बताउँछन् ।

नागरिक बन्दै गरेका विद्यार्थी माझ भएको नमुना निर्वाचनका लागि विद्यालयले प्रमुख निर्वाचन आयुक्त , ४ निर्वाचन आयुक्त , निर्वाचन अधिकृत ६ तथा ३ जना पर्यवेक्षकको व्यवस्थापन गरेको थियो ।