अरहन्त, अमिर, विपना र स्वस्थानी फाइनलमा



काठमाडौं ।

अरहान्तकेशर सिंह र अमिर ब्लोन एनएसआरए राष्ट्रिय रेन्किङ स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फ फाइनलमा पुगेका छन्। यस्तै, महिला एकलमा विपना ब्लोन र स्वस्थानी श्रेष्ठ फाइनलमा पुगेका छन्।

सातदोबाटोस्थित स्क्वास हलमा भएको पहिलो सेमिफाइनलमा विपनाले कृष्णा थापालाई चार सेटमा ११–३, ९–११, ११–५ र ११–६ ले हराइन्। अर्को सेमिफाइनलमा स्वस्थानीले अस्मिता नगरकाटीको चुनौती सजिलै ११–७, ११–२ र ११–२ ले समाप्त पारिन्।

यसअघि, पुरुष एकल सेमिफाइनलमा अरहान्तले पाासाङ ब्लोनलाई सीधा सेटमा ११–६, ११–६ र ११–५ तथा अमिरले दीपक थापालाई चार सेटमा १४–१२, ४–११, ११–९ र ११–९ ले पराजित गरे।

हरेक वर्ष वरीयता छुट्याउन भइरहको यो प्रतियोगिताको समापन शुक्रबार हुनेछ। यस प्रतियोगिताबाट प्राप्त वरीयता २०८१ सालको चैत महिनासम्म रहनेछ।

प्रतिक्रिया दिनुहोस्