वैदेशिक रोजगारको प्रलोभनमा पारी ठगी गर्ने दुई जना पक्राउ

476
Shares

काठमाडौं ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा अर्घाखाँची सन्धीखर्क नगरपालिका-७ घर भई काठमाडौं डिल्लीबजार बस्ने ३१ वर्षीय दिलिप कुमार पाण्डे र गोरखा सहिद लखन गाउँपालिका-९ घर भई काठमाडौं सामाखुसी बस्ने ३३ वर्षीय रामेश्वर काप्री रहेका छन्।

पक्राउमध्ये दिलिपले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५ हजार रुपैयाँ र रामेश्वरले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ ठगी गरेको खुल्न आएकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दिलिपलाई काठमाडौं नयाँ बानेश्वर र रामेश्वरलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।