कैदी बन्दीको हरिबिजोग

 वर्षेनी कारागार भवनको माग जान्छ बजेट आउँदैन  



 बाजुरा। 

जिल्ला कारागार बाजुराको बन्दी गृहमा रहेका कैदीबन्दीलाई रात गुजार्नै मुस्किल परेको छ । सदरमुकाम मार्तडीको तल्ल तालीमा रहेको कैदी बन्दीगृह जीर्ण छ । जीर्ण कटेजका छाना भित्र पाइलो टेक्ने ठाउँ छैन । पानी परे चुहिन्छ ओत लाग्ने ठाउँ छैन घाम लागे घाम ताप्ने ठाउँ छैन ।

झन्डै पाँच दशक पुरानो  जीर्ण कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राख्दा बन्दीलाई हरिबिजोग छ ।  खाट माथि खाट  थुपारेर रात विताउनुपर्ने अबस्था छ कैदीको गुनासो छ ।  आवश्यक भौतिक पूर्वाधार नहुँदा बाजुरा कारागारका कैदीबन्दी कष्टकर जीवन विताइरहेका छन् । २५ जनाको क्षमता भएको जीर्ण भवनमा  ७२ जना कैदी बन्दी राखिएको छ । क्षमता भन्दा बढी कैदीबन्दी हुँदा खाना र शौचालयको समेत समस्या भएको कैदीबन्दीहरुको गुनासो छ ।

भौतिक संरचना अभावकै कारण महिला कैदी बन्दीलाई  जिल्ला बाहिर पठाइको छ । भवन निर्माणका लागि जिल्लाबाट वर्षेनी माग गरिन्छ तर बजेट स्वीकृत भएर आउँदैन । योवर्षपनि पत्राचार गरेका छौं कारागार कार्यालय बाजुराका जेलर अनील कुमार तिवारीले बताए ।

कारागार कार्यालय बाजुराका जेलर  तिवारी भन्छन् २०३७ सालमा बनेको बाजुरा कारागार जीर्ण बनेको भएपनि मर्मतको पहल कतैबाट हुन सकेको छैन उनका अनुसार  बाजुरा जिल्ला कारागारको क्षमता २५ जनाको मात्र हो । अहिले कारागारमा ४६ जना कैदी ,२३ जना थुनुवा ३ जना कैदीलाई  जिल्ला बाहिरबाट ल्याएर ७२ जना अटाउन बाध्य छन् ।

कारागरको क्षमता भन्दाबढी कैदीबन्दी र थुनुवा कोचेपछि अहिले उनीहरूलाई आवसको समस्याले सताएको छ ।  जेलर तिवारीका अनुसार एक खाटमा पाँच -छ जना सुत्नुपर्ने अवस्था छ, खाटमाथि खाट राखेर सुताउनु परेको छ ।  कारागारको जग्गा प्रशस्त छ, प्रशासनिक भवन पनि  भाडामा लगिएको छ । सुरक्षाका लागि खटिएका प्रहरी बस्ने भवन पनि अहिले जीर्ण बन्दै गएकोले कतिवेला दुर्घटना हुन्छ । बाजुरा उसैत भुकम्ीए उच्च जोखिममा छ हावाहुरी लागे भवनमा मान्छेलाई कसरी सुरक्षित राख्नु कारागार प्रमुख तिवारीले गुनासो पोखे ।

सुरक्षाकर्मी बस्ने र सुत्ने घरहरुको छतमा पाल टाँगेर बस्नुपरेको छ ।  पुरानै डिजाइनमा निर्माण गरिएको कारागार भवनमा न त खटिया राख्न ठाउँ छ, न त कुनै सामग्री राख्न ठाउँ पुग्छ, अहिलेसम्म तानतुन गर्दै कैदीले कष्टकर जीवन बिताउँदै आएका छन् ।
जीर्ण भवनमा क्षमताभन्दा बढी कैदी राख्दा खाना, शौचालय पानी लगायत विभिन्न समस्या भोग्न बाध्य भएको कैदी विशाल बिक लगायतका बन्दीको दुखेसो छ । उनीहरुले भने  क्षमताभन्दा बढी कैदीबन्दी छौं  बस्नका लागि  कोठा व्यवस्थापन छैन रातमा पालैपालो घोप्टिनुपर्ने अबस्था छ  हावा हुरी र पानी परेमा रातभर जागराम बस्नुपर्छ कैदी बन्दीहरुको भनाई छ ।

२०३७ सालमा बनेको बाजुरा कारागार कार्यालय पुनर्निर्माण हुन सकेको छैन । कारागार प्रशासनका अनुसार उक्त भवनमा हाल कर्तव्य ज्यान मुद्दामा ११ जना कैदी र १४ थुनुवा गरी २५ जना कर्तव्य ज्यान मुद्दाका रहेका छन् ।

त्यस्तै जबर्जस्ती करणी मुद्दामा १३ कैदी र ४ थुनुवा गरी १७ जना रहेका छन् भने ज्यान मार्ने उद्योगमा एक, ओसार–पसार मुद्दामा थुनुवा एक, लागुऔषध मुद्दामा थुनुवा दुई र बालविवाह मुद्दामा एक जना, सवारी ज्यान मुद्दाका २ जना जबरजस्ती करणी ३ जना, लागु औषध २ जना, जक कर्तब्य ज्यान उध्योगमा १ जना, जर्वजस्ती करणी  गर्भ संरक्षण उध्योगमा १ जना, हाड नाताकरणीमा २ जना, ज्यान मार्ने उध्योगमा १ जना, ज.ज.क. मान ओसारपसारमा १ जना, बहुबिबाह मुद्दामा कैदी २ र थुनवा २ गरी  ४ जना, हात हतियार सम्बन्धी कसुरमा ५ जना र आत्महत्य दुरुसहान मुद्दामा १ जना गरी जम्मा ७९ जना कैदी बन्दी रहेको कारागार प्रशासनको भनाइ छ । कैदी गृह अभावका कारण महिला कैदी बन्दी र बालबालिका बन्दीलाई डोटी पठाउनुपरेको छ ।

कारागारको भवन निर्माणका लागि जग्गा भए पनि सरकारले कुनै चासो नदेखाएकाले दुःख पाएको कैदीबन्दीले गुनासो गरेका छन् । स्थानीय तह, प्रदेश तथा संघका जनप्रतिनिधिलाई निरीक्षणका क्रममा भवन तथा कैदीको समस्या जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएको छैन कारागारका कर्मचारीको भनाई छ ।
विगतमा कैदी बन्दीलाई सिपमूलक  तालिमको माध्यामबाट विभिन्न सिप प्रवर्द्धन तालिम दिए र स्वरोजगार बनेका थिए पछिल्लो समयमा भवन अभावका साथै सिपमूलक तालिम पनि पाउन छोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्