आईपीएलमा आज हैदरावाद र गुजरात भिड्दै



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज हुने खेलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच भिडन्त हुँदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ।

जारी आईपीएलमा हैदरावादको १२ खेलमा १४ अङ्क रहेको छ र अङ्क तालिकामा चौथो स्थानमा रहेको छ। हैदरावादले यो खेल जितेमा प्लेअफमा छनौट हुने छ। त्यसै गरी गुजरात भने आईपीएलको प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ।

पछिल्लो कोलकोताविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि गुजरात प्लेअफको दौडबाट बाहिरिएको हो। गुजरातको १३ खेलमा ११ अङ्क रहेको छ र अङ्क तालिकामा आठौँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्