मदन-जीवराज स्मृति दिवस आज



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३१औँ स्मृति दिवस जनतालाई जागृत हुन उनीहरूले गरेको योगदानको स्मरण गर्दै आज मनाइँदै छ।

एमाले र नेकपा (एकीकृत समाजवादी)ले विविध कार्यक्रम आयोजना गर्दै छन्। वि.सं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो।

जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्