सदनको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

940
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। बुधबार बिहान भएको भेटवार्तामा संसद्को अवरोध हटाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा पेस गरेको सरकारको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव समेत पेस हुन नसकेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ।