पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी



काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेल जितेको छ। गएराति सम्पन्न खेल नेपालले ४ विकेटले जितेको हो।

विनवार्ड्सले दिएको १९७ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागी ओपनर कुशल भुर्तेलले ७१ र दीपेन्द्र सिंह ऐरीले अविजित ५२ रन बनाएका थिए।

त्यस्तै सोमपाल कामी ३५ रनमा अविजित रहेका थिए। यसअघि पहिला ब्याटिङ गरेको विनवार्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो।

विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग थप दुई अभ्यास खेल खेल्ने छ। नेपालले अब १६ मेमा दोस्रो र १८ मे मा तेस्रो अभ्यास खेल खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्