नविता बाहिरिइन्, इभाना सेमिफाइनलमा

1.13k
Shares

काठमाडौं ।

पेरिस ओलम्पिक २०२४ को लागि दक्षिण एसियाली टेबलटेनिस छनोट प्रतियोगिताबाट नेपालकी नविता श्रेष्ठ बाहिरिएकी छन्।मंगलबार लैनचोरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको क्वार्टरफाइनल खेलमा नविता पराजित भएकी हुन्।

उनी श्रीलंकाकी इशारा मुदुरागीसँग ४–३ ले हारेकी थिइन् । योसँगैं नविताको ओलम्पिकमा पुग्ने संभावना पनि समाप्त भयो।
तर, महिला एकलतर्फ नेपालकी इभाना थापाले भने सेमिफाइनलको यात्रा तय गरिन्।

पुरुष एकलतर्फ भने नेपालका दुबै खेलाडी स्यान्टु श्रेष्ठ र संयोग कपालीले अन्तिम चारमा स्थान सुरक्षित गरे। यस प्रतियोगिताबाट फाइनल जित्ने पुरुष र महिला खेलाडीले पेरिस ओलम्पिकमा स्थान पक्का गर्नेछन्।