जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ



काठमाडौं।

काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित रामेछाप गोकुलगंगा गाउँपालिका-६ घर भएका ४० वर्षीय उमेश सुनुवारले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनुवार समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५२ हजार ५ सय ७५ रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-२५ फुलवारी मार्गस्थित सुर्खेती सेकुवा कर्नर होटलमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका-१२ घर भई ललितपुर भैसेपाटी बस्ने ३० वर्षीय श्याम तामाङ समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ७० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्