महिला म्याराथुनमा पुलिस र पुरुषमा आर्मीलाई उपाधि



 खोटाङ ।     

खोटाङमा आयोजित महिला हाफ म्याराथुनको उपाधि नेपाल पुलिस क्लबकी राममाया थापाले जितेकी छन् । प्रथम बृहत् खोटाङ हलेसी खेलकुद साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सवको अवसरमा दिक्तेलबजारमा सोमबार आयोजित म्याराथनको उपाधि थापाले जितेकी हुन् ।  एक घण्टा २८ मिनेट ४६ सेकेन्डमा २१ किलोमिटर दूरी छिचोल्दै उनी  विजयी भएकी हुन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले एक घण्टा २८ मिनेट ५२ सेकेन्डमा दूरी पार गर्दै दोश्रो उपाधि कब्जा गरेकी छन् । त्यस्तै, केपिलासगढी गाउँपालिकाकी दीपा बस्नेतले एक घण्टा ५० मिनेट ६ सेकेन्डमा दूरी पार गरी तेस्रो स्थान लिएकी छन्।

 त्यसैगरी रुष्मा राईले एक घण्टा ५३ मिनेट ५० सेकेन्ड, सुजना राईले एक घण्टा ५८ मिनेट ३६ सेकेन्ड, रञ्जना राईले एक घण्टा ५८ मिनेट ३७ सेकेन्ड र नमुना राईले दुई घण्टा चार मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै क्रमशः चौँथो, पाँचौँ, छैटौँ र सातौँ घोषित भएका छन् । यो इभेन्टमा प्रथम हुनेले ७५, दोश्रोले ५०, तेश्रोले २५, चौथोले १५, छैटौले १० र सातौं हुनेले ७ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्  ।

त्यस्तै पुरुषतर्फको हाफ म्याराथनमा त्रिभुवन आर्मी क्लवका गजेन्द्र राईले एक घण्टा नौ मिनेट ४८ सेकेन्डमा दूरी पार गर्दै प्रथम हुए । आर्मी क्लबकै सञ्जय श्रेष्ठले एक घण्टा दश मिनेट ४० सेकेन्डमा दूरी पूरा गरी दोश्रो र आर्मी क्लवकै सुनिलकुमार शाहीले एक घण्टा, ११ मिनेट १६ सेकेन्डमा दूरी पार गरी तेस्रो भेक छन्  ।

एपीएफका राजेन्द्र तामाङले एक घण्टा १३ मिनेट २५ सेकेन्ड, त्रिभुवन आर्मी क्लबका विनोद रोकायाले एक घण्टा १६ मिनेट २६ सेकेन्ड, नेपाल पुलिस क्लबका भूमिराज राईले एक घण्टा २० मिनेट ३० सेकेन्ड र पुलिस क्लबकै करण खड्काले एक घण्टा २१ मिनेट ४८ सेकेन्डमा दूरी पार गरी क्रमशः चौँथो, पाँचौँ, छैटौँ र सातौँ भएका छन् । बिजेताहरुलाई क्रमशः ७५, ५०, १५, १० र ७ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

१५ वर्षमाथिका खुला महिला १० किलोमिटर दौडमा त्रिभुवन आर्मी क्वलकी बबिता राईले ४४ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै प्रथम भइन् । आर्मीकै सुजना राईले ५१ मिनेट १२ सेकेन्डमा दूरी छिचोल्दै दोश्रो र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ की सन्जिता राईले एक घण्टा दुई मिनेट दुई सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान लिएकी छन्  । प्रथम, दोश्रो र तेस्रो हुनेले क्रमशः १५, १० र ७ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका टंकबहादुर कार्कीले ३३ मिनेट ५० सेकेन्ड, आर्मीकै देउराज बस्नेतले ३५ मिनेट एक सकेण्ड र आर्मीकै भूपेन्द्र सुनारले ३५ मिनेट ३० सेकेन्डमा दूरी पार गरी क्रमशः प्रथम, दोश्रो र तेस्रो बने। प्रथम, दोश्रो र तेस्रो हुनेले क्रमशः १५, १० र ७ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन्  । ३५ वर्षमाथिका ७ किलोमिटर राजनीतिक दल, प्रतिनिधि, पत्रकार, बैंकर्श, कर्मचारी, शिक्षक, व्यवसायीतर्फ काठमाडौंका धर्मराज महर्जनले २७ मिनेट ९ सेकेन्ड, दिक्तेलका शिवप्रसाद राईले ३१ मिनेट १४ सेकेन्ड र दोलखाका नवराज कार्कीले ३२ मिनेट १७ सेकेन्डमा दूरी पार गरी क्रमशः प्रथम, दोश्रो र तेस्रो हुनुभयो । उनीहरूले क्रमशः १५, १० र ७ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् ।

१२–१५ वर्षसम्मका ५ किलोमिटर छात्रातर्फ भोजपुरकी विनिता राईले २२ मिनेट १४ सेकेन्ड, दिक्तेलकी जुली राईले २२ मिनेट १६ सेकेन्ड र दिक्तेलकै रेवती राईले २४ मिनेट ३ सेकेन्डमा दूरी पार गर्दै क्रमशः पहिलो, दोश्रो र तेस्रो भए  । बिजेताले क्रमशः ७, ६ र ५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

१२–१५ वर्षसम्मका ५ किलोमिटर छात्रतर्फ दिक्तेलका भूमिराज राईले १९ मिनेट ३२ सेकेन्ड, दिक्तेलकै सुमन बस्नेतले २० मिनेट १३ सेकेन्ड, दिक्तेलकै दावा तामाङले २० मिनेट ३० सेकेन्डमा दूरी पार गर्दै क्रमशः प्रथम, दोश्रो र तेस्रो घोषित भए । उनीहरूले क्रमश : ७, ६ र ५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

आमाहरूको ३ किलोमिटर दौडमा दिक्तेलकी सम्झना भट्टराईले १७ मिनेट ८ सेकेन्ड, दिक्तेलकै एलिना राईले १७ मिनेट ४१ सेकेन्ड र दिक्तेलकै निर्मला राईले १८ मिनेट ४७ सेकेन्डमा दूरी पार गर्दै पहिलो, दोश्रो र तेस्रो बने । उनीहरुले क्रमशः ५, ३ र २ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाए।
६० वर्षमाथिका पुरुष एक माइल दौडतर्फ काठमाडौंका पुष्पलाल श्रेष्ठले १८ मिनेट २२ सेकेन्ड, काठमाडौंकै बुद्धवीर लामाले १८ मिनेट २३ सेकेन्ड र दिक्तेलका भूपेन्द्रराज राउतले २५ मिनेट ४३ सेकेन्डमा दुरी छिचोल्दै क्रमशः प्रथम, दोश्रो र तेस्रो घोषित भए । उनीहरुले क्रमशः ५, ३ र २ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

१२ वर्षमुनिका एक माइल दौड छात्रातर्फ भोजपुरकी करिना राईले ७ मिनेट ५० सेकेन्ड, भोजपुरकै अनिषा राईले ८ मिनेट ३ सेकेन्ड र भोजपुरकै अस्मिता श्रेष्ठले ८ मिनेट १४ सेकेन्डमा दूरी पार गर्दै क्रमशः प्रथम, दोश्रो र तेस्रो बने। उनीहरुले क्रमशः ३, २ र एक हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे
१२ वर्षमुनिका एक माइल दौड छात्रतर्फ दिक्तेलका आयुष श्रेष्ठले ६ मिनेट ४० सेकेन्ड, दिक्तेलकै रिवल राईले ६ मिनेट ५५ सेकेन्ड र दिक्तेलकै रिलन नेपाली ७ मिनेट ५० सेकेन्डमा दूरी पार गरी प्रथम, दोश्रो र तेस्रो बने ।उनीहरूले क्रमशः ३, २ र १ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाए  ।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘बृहत् खोटाङ खेलकुद, साहित्यिक, साङगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत पहिलो दिन म्याराथन प्रतियोगिता गराइएको हो ।खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउने, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउने लगायतको उद्देश्यसहित११ दिने महोत्सव आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्