‘हार्ट फेलियर र पेस मेकर’ के हो ?

70
Shares

काठमाडौँ।

नेपाल हृदय निवारण प्रतिष्ठान ललितपुर शाखा र हार्ट क्लब, नेपालको संयुक्त आयोजनामा “हार्ट फेलियर र पेस मेकर “ विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख वक्ता नेपाल मेडिसिटी अस्पतालका हेड अफ डिपार्टमेन्ट अफ इन्टरभेन्सनल कार्डियोलोजीष्ट डा . रंजित कुमार शर्माले “हार्ट फेलियर र पेस मेकर “ विषयमा जानकारी गराएका थिए ।

उनले हार्ट फेलियर र पेस मेकरको सम्बन्धमा प्रकाश पार्दै मुटु खानपिन , मानसिक तनावका कारण दक्षिण एसियाली देशमा हार्ट फेलियरको संख्या बढेको बताए । उनले भने – “मुटु एउटा मांसपेशी हो जसले शरीर भित्र रगत पुर्याउने काम गर्छ र २४ घन्टामा ७ हजार २ सय लिटर रगत फाल्छ ।

डा शर्माका अनुसार हार्ट फेलियर मुटु रियाक्स, डायसटोलिक वा मुटुले पम्प गर्न छाडेर, सिस्टोलिक हुने गर्छ । उनी भन्छन् “सिस्टोलिक हार्ट फेलियरको लक्षणमा बिरामीलाई थकान हुन्छ । यो बेला मुटुले शरीरको हरेक अंगमा रगत पुर्याउछ । साधारणतया एक पटक मुटु खुम्चने बेलामा ६० प्रतिशत रगत फाल्छ । मुटुको समस्या छ छैन भन्ने बारेमा इको गरेर मुटु सुन्निएको छ कि छैन हेर्न सकिन्छ । “हार्ट फेलियर ब्लड प्रेसर , डाईबेटिज भएकालाई हुने सम्भावना धेरै हुन सक्छ । हृदयघात लक्षण बिना नै हुन सक्छ । लक्षण सहित हृदयघात फैलीएर पनि हुन सक्छ । छिन छिनमा पनि हार्ट फेलियर हुन सक्छ । हृदयघातका कारण १० प्रतिशत मानिसको मृत्यु हुन सक्छन् र ५० प्रतिशत समयमै उपचार पाएका कारण बाच्छन् । हृदयघात पनि हार्ट फेलियर भएर हुन सक्छ । छिट्टै उपचार गरेमा मांसपेसी बचाउन सकिन्छ । हरेक रोगको अन्तिममा हार्ट फेलिएर हुन्छ भनेर डाक्टरले जानकारी प्रदान गरेका छन् ।

त्यस्तै डा. शर्माले विभिन्न पेस मेकरको बारेमा जानकारी दिए । उनले सहभागीहरुको प्रश्नको उत्तर दिँदै प्रि – म्याचुर ४० देखि ४५ वर्ष भित्रका व्यक्तिमा हृदयघात भएमा मात्र वंशाणुगत भनिन्छ । बृद्ध अवस्थामा मुटुको भल्भ लिकेज सामान्य हो । मान्छे बेहोस मुटु र ब्रेनको कारणले हुन्छ । हृदयघात हुदा कसैलाई विस्तारै विस्तारै नशामा कोलेस्टोरल जम्मा भएर हुन्छ भने कसैलाई एक्कसी लक्षण सहित हुने गर्छ । चुरोट खाने , कोलेस्टोरलको विरामीमा मुटुको नशामा क्याल्सियम जम्मा हुन्छ र कडा बोसो बन्न सक्छ । त्यस्तै पेस मेकरलाई कसरी लामो समयसम्म प्रयोगमा ल्याउन सकिन्छ भन्ने प्रश्नमा डाक्टरको भनाई अहिले आधुनिक प्रविधिले गर्दा १० वर्ष जान्छ । त्यसमा पनि खानपिन , आहार विहार , र व्यक्ति व्यक्तिमा फरक पर्न सक्छ ।

हार्ट क्लबका , नेपालका अध्यक्ष विपिनले मुटुमा स्टेन्ट जोगाई राख्न मुटुरोगीले जीवनशैली परिवर्तन , खानपिन , व्यायाम गर्न अत्यन्तै आवश्यक छ भन्ने कुरामा जोड दिए ।

कार्यक्रममा सहभागीहरुले विगत जस्तो दिलचस्पी घटेको भन्दै क्लब आउन मन लाग्ने वातावारण बनाउनु पर्ने सल्लाह दिए । मुटुरोग सम्बन्धि विशेषज्ञको सूचना र सल्लाहले मुटुरोगी र उनीहरुको परिवारलाई नै राम्रो गर्ने बताए ।

हृदय रोग निवारण संस्थाका सभापति बालकृष्ण तुलाधरले सभापतित्वमा भएको कार्यक्रममा हार्ट क्लब नेपालका सभापति विपिन राईको उपस्थिति थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य हार्ट क्लब नेपालका सल्लाहकार पूर्णमान चित्रकारले दिएका थिए ।