स्ट्रिप च्याटमार्फत बालबालिकाहरूलाई अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराउने युवती पक्राउ

224
Shares

काठमाडौँ।

प्रहरीले  स्ट्रिप च्याटमार्फत बालबालिकाहरूलाई अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराउने एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा सिन्धुपलाचोक पाँचपोखरी गा.पा. वडा नं.६ घर भई हाल काठमाडौँ गोकर्णेश्वर न.पा. ४ माकलबारी बस्ने  १९ वर्षीय अंजली अधिकारी रहेकी छन्।

उनले  विपन्न परिवारका वालवालिकाहरुलाई आर्थिक प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी उपलब्ध गराई दिने भनि सामाजिक संजालमा स्ट्रिप च्याट: नि: शुल्क लाइभ सेक्स क्याम र नग्न केटीहरूसँग वयस्क कुराकानीमा विभिन्न एकाउन्टहरु खोली सोही एकाउन्ट मार्फत लाइभ भिडियो च्याटमा बसी स्ट्रिप च्याटका ग्राहकहरुसँग अश्लील कुराकानी गर्न लगाउने र बढी आम्दानी गर्नको लागि टोकन कमाउनुहोस् गर्नुपर्ने र सो को लागी आफ्नो शरीरको कपडा खोली यौनाङग समेत प्रदर्शन गरी अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराई अश्लील सामाग्री निर्माणमा प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएका प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो।

उनलाई  बालबालिका सम्वन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुर मुद्दामा आवश्यक कारावाहीको लागि प्रहरी परिसर टेकु  पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट भिभो कम्पनीको मोबाइल थान-१,डेल कम्पनीको ल्यापटप थान- १,वेब क्यामेरा थान-१,पारदर्शी कपडा थान-४ बरामद गरेको छ।