ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना



ललितपुर ।

ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।

सोमबार दिउँसो १२ बजे ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित नख्खु दोबाटोमा बा ४ ख १०४ नम्बरको बसले  प्रदेश १–०२–०५१ प ३८५० नम्बरको स्कूटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार बसको ठक्करबाट राइड शेयरिङका स्कुटर चालक महालक्ष्मी नगरपालिका वडा नम्बर ९ लामाटार बस्ने ४५ वर्षीय भोपाल अधिकारी र भक्तपुर बोडे बस्ने ४६ वर्षीया सविता थापा घाइते भएका थिए।

उनीहरूलाई  उपचारको लागि अल्का अस्पताल लगिएकोमा उपचारको क्रममा सविताको मृत्यु भएको हो। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्