आठौँ आह्रन्त स्मृति कपको उपाधि पर्वत बोर्डिङ स्कुललाई



स्याङ्जा। 

स्याङ्जाको वालिङमा सम्पन्न भएको आठौँ आह«न्त स्मृति कपको उपाधि पर्वत ईङलिस बोर्डिङ स्कुलले जितेको छ । वालिङ खेलमैदानमा भएको फाईनल खेलमा पर्वत ईङलिस बोर्डिङ स्कुलले बालविद्या विकास बोर्डिङ स्कुल वालिङलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले विजयी भएको हो ।

 निर्धारित समयमा दुवै पक्षबाट गोलरहित बराबरी भएको थियो । अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि ट्राईब्रेकरमा धकेलिएको उक्त प्रतियोगितामा पर्वत विजयी भएको हो । विजयी भएको पर्वत बोर्डिङ स्कुलले नगद ५० हजार नगदसहित रनिङ शिल्ड, ट्रफी हात पारेको छ । द्वितीय भएको बालविद्या विकास बोर्डिङ स्कुल वालिङले नगद २५ हजारसहित शिल्ड प्राप्त गरेको छ ।

 वालिङ युनाईटेड फुटबल क्लबको आयोजनामा १२ वर्ष मुनिका खेलाडीहरुको सहभागितामा अन्तरविद्यालयस्तरीय पुरुष ९ ए साईड फुटबल प्रतियोगिता गरिएको हो । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट विद्यालय तथा खेलाडीहरुलाई पुरस्कृत गरिएको छ ।

कुमार थापा र उनको परिवार संरक्षक रहेको उक्त प्रतियोगितामा स्याङ्जा र पर्वतका सामुदायिक र संस्थागत १२ विद्यालयहरुको सहभागिता रहेको थियो ।

 प्रतियोगिताको समापन तथा पुरस्कार वितरण गर्दै वालिङ नगरपालिकाका प्रवक्ता पदमराज गुरुङले खेल क्षेत्रको विकासका लागि यसप्रकारका प्रतियोगिताको निरन्तरता जरुरी रहेको बताए । उनले खेल क्षेत्र तथा खेलाडीहरुको क्षमता विकास एवं खेलकूद सामग्रीका सन्दर्भमा भौतिक संरचना र प्रशिक्षणजस्ता कार्यहरुमा सहयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । ग्रासरुटदेखि नै फुटबल विकासका लागि यो प्रतियोगिता महत्त्वपूर्ण कदम हुने उनले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य गिरमान गुरुङले आह«न्तको स्मृतिमा आयोजना गरिने यो प्रतियोगिताले यहाँका साना बालकहरुलाई फुटबलमा लाग्न प्रेरित गर्दै आइरहेको बताए । यस प्रतियोगिताले स–साना बालबालिकालाई फुटबलतर्फ आकर्षित गर्दै आएकाले यहाँबाट विभिन्न उमेर समूहका खेलाडीहरु उत्पादन हुँदै जाने उनको भनाई छ । हाल रोजगारीको सिलसिलामा युकेमा रहेका  वालिङ ८ का कुमार थापाका सुपुत्र आह«न्त सानो उमेरमै फुटबल राम्रो खेल्दै आएपनि कलिलो उमेरमै उनको निधन भएको थियो । छोराको स्मृतिमा कुमार थापाले आह«न्त स्मृति कप फुटबल प्रतियोगितालाई वर्षेनी सौजन्य गर्दै आउनुभएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्