पुटिनले हटाए रक्षामन्त्री



काठमाडौं ।

युक्रेनसँगको युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुको सरुवा गर्न लागेका छन्। ६८ वर्षीय शोइगुले सन् २०१२ देखि रुसको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्।

अब शोइगु रुसको सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुनेछन्। राष्ट्रपति भवनबाट जारी विज्ञप्तिमा सोइगुको स्थानमा उपप्रधानमन्त्री आन्द्रेई बेलोसोभले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ। युक्रेनसँग चलिरहेको युद्धमा शोइगुको महत्त्वपूर्ण भूमिका रहेको छ।

रुसी सरकारी दस्तावेजबाट राष्ट्रपति पुटिनले सोइगुलाई सुरक्षा परिषद्को प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी लिन चाहेको खुलासा भएको छ। शोइगुलाई पुटिनको नजिक मानिन्छ र कुनै सैन्य अनुभव बिना रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो। सोइगु पेशाले सिभिल इन्जिनियर हुन्।

१९९० मा, शोइगु आपतकालीन र विपद् राहत मन्त्रालयको प्रमुख निर्वाचित भए। राष्ट्रपति पुटिनले भर्खरै रुसमा भएको आम निर्वाचनमा ८७ प्रतिशत मत प्राप्त गरी पाँचौँ पटक पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रतिक्रिया दिनुहोस्