आईपीएलमा आज गुजरात र कोलकाता भिड्दै

252
Shares

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आजको खेलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच भिडन्त हुने छ।

अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार आज राति ७: ४५ बजेदेखि सुरु हुने छ। जारी आईपीएलमा कोलकाता प्ले अफका लागि छनौट भइसकेको छ। कोलकाता १२ खेलमा १८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ र उसले प्ले अफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

अहिलेसम्म १२ खेलमा ५ खेल मात्र जितेको गुजरात १० अङ्कसहित आठौँ स्थानमा छ। गुजरातका लागि अब बाँकी खेल जितेमा मात्र प्ले अफमा स्थान बनाउने सम्भावना रहने हुनाले यो खेल जित्नै पर्ने दबाब छ।