भारतमा चौथो चरणको मतदान आज

70
Shares

काठमाडौं ।

भारतको लोकसभा चुनावको चौथो चरणको मतदान आज सुरु भएको छ। आज कुल १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा मतदान भइरहेको भारतीय निर्वाचन आयोगले जनाएको छ।

यस चरणमा आन्ध्र प्रदेशको १७५ र ओडिशाको २८ विधानसभा सीटका लागि पनि मतदान भइरहेको छ। आज हुने मतदानमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्व क्रिकेटर युसुफ पठान, अभिनेता तथा नेता शत्रुघ्न सिन्हासहित कुल १७१७ उम्मेदवार मैदानमा रहेका छन्।

यस चरणमा, कुल १७.७० करोड मतदाताहरूले १९ लाख भन्दा बढी मतदान केन्द्रहरूमा मतदान गर्दैछन्, जसमध्ये ८.९७ करोड मतदाता पुरुष र ८.७३ करोड महिला मतदाता छन्।

निर्वाचन हुने राज्यमा आन्ध्र प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू र कश्मीर रहेका छन्।