आईपीएलमा बैंगलुरुको लगातार पाँचौँ जित



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले लगातार पाँचौँ जित निकालेको छ। आइतबार राति सम्पन्न खेलमा बैंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो।

बैंगलुरुले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको दिल्लीले मात्र १ सय ४० रन बनाउन सक्यो । दिल्लीका लागि कप्तान अक्षर पटेलले सर्वाधिक ५७ रन बनाए। साइ होप २९, ज्याक फ्रेसर क्याकग्रुकले २१ रन जोड्दा राशिक सलामले १० रन बनाए।

बैंगलुरुका यस दयालले तीन विकेट हात पारे।  लोकी फर्गुसनले दुई विकेट लिए भने स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रिनले एक/एक विकेट हात पारे। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलुरुले  ९ विकेटको क्षतिमा १८७ रन बनाएको थियो। उसका लागि रजत पटिदरले सर्वाधिक ५२ रन बनाए।

विल ज्याक्स ४१, क्यामरुन ग्रिन ३२ रनमा आउट हुँदा विराट कोहलीले २७ रनको योगदान गरे । दिल्लीका खलिल अहमेद र राशिक सलामले दुई विकेट लिँदा इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले एकएक विकेट हात पारे। जितसँगै बैंगलुरुले प्लेअफको सम्भावना कायमै राखेको छ।

१३ खेलमा १२ अङ्क जोडेको बैंगलुरु अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। समान खेलमा समान जित निकाले पनि रनरेटका आधारमा दिल्ली अङ्कतालिकाको छैटौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्