लखनउलाई ९८ रनले हराउँदै कोलकाता शीर्ष स्थानमा

5.64k
Shares

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ।

गए राति सम्पन्न खेलमा कोलकाताले लखनउलाई ९८ रनले पराजित गरेको हो। कोलकाताले दिएको २३६ रनको लक्ष्य पछ्याएको लखनउले १६.१ ओभरमा अल आउट हुँदै १३७ रन मात्र बनाउन सक्यो।

यसअघि कोलकोताले २० ओभरमा ६ विकेट गुमाउँदै २३५ रन बनाएको थियो। यो जितपछि कोलकाता शीर्ष स्थानमा उक्लिएको छ।

कोलकाताको ११ खेलमा १६ अङ्क भएको छ। त्यस्तै लखनउको भने यो पाँचौँ हार हो। ११ खेलमा १२ अङ्क रहेको लखनउ अङ्क तालिकामा पाँचौँ स्थानमा रहेको छ।