सशस्त्र प्रहरीका इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

752
Shares

काठमाडौं ।

सशस्त्र प्रहरी बलका इन्सपेक्टर प्रकाशबहादुर चन्दविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सोमबार विशेष अदालतमा नं. ३६ गण हेडक्वाटर डोटी दरबन्दी भएका चन्दविरुद्ध मुद्दा दायर गरेको हो । चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेशन युपीबाट लिएको हाइस्कुलको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाएको अख्तियारको भनाइ छ ।

उक्त शैक्षिक प्रमाणपत्र पेश गरी परिचर पदमा भर्ना भई माथिल्लो पदका लागि समेत सोही प्रमाणपत्र पेश गरी इन्सपेक्टरसम्म भई सेवा सुविधा लिई भ्रष्टाचार गरकेो दाबी गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।