सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

45.7k
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यले आइतबार चैत २५ गते नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल मूल्य १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि चैत २२ गते सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थिायो ।

सो दिन छापावाल सुन तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १६ सय १५ रुपैयाँमा स्थिर रहेको थियो ।