जीतपुरसिमरा गोल्डकप शुरु

1.1k
Shares

सिमरा ।
शनिबारबाट सिमरा रङ्गशालामा शुरु हुने जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करणको तयारी पुरा भएको छ । आयोजक नवजनजागृती युवा क्लबले सिमरामा शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको हो ।

क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार संघीय सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार साँझ ५ बजे प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन कार्यक्रममा बारा जिल्लाका विभिन्न क्षेत्रबाट साँस्कृतिक झाँकी प्रदर्शन गरिने छ ।प्रतियोगिताको पहिलो खेल त्रिभुवन आर्मी फुटबल क्लब र बीरगञ्ज युनाईटेड क्लब बीरगञ्जको बीचमा हुनेछ । फ्लड लाईटमा साँझ ६ः३० बजेबाट शुरु हुने प्रतियोगिताको सबै खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्ने आयोजकले जनाएको छ ।

आगामी वैशाख ३ गतेसम्म सञ्चालनहुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियनचर्च ब्वाईज युनाईटेड, त्रिभुवनआर्मी, नेपालपुलिस क्लब, फ्रेण्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ‘ए’ डिभीजनका पाँच टिम सहभागिहुनेछन् । सशस्त्रप्रहरीको विभागीयक्लबएपिएफ, मकवानपुर ११ हेटौंडा, वीरगञ्जयुनाईटेड क्लबबीरगञ्ज, सिराहाको सहलेश युवाक्लब र आयोजक नवजनजागृती युवा क्लब सहित १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग तथा जगदम्बा स्टिलको मुख्य प्रयोजनमा शुन लागेको प्रतियोगिताकाो विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।

म्यान अफ दि म्याचको पुरस्कार प्रायोजन गरेको सिमरास्थित शुभारम्भ कलेज अफ म्यानेज्मेन्टका क्याम्पस प्रमुख शम्भु मण्डलले शिक्षाको अभिन्न अङ्ग खेलकुद पनि भएकाले जीतपुरसिमरा गोल्डकपसंग जोडिन पाउँदा खुशी लागेको भन्दै आगामी दिनमा पनि यसको निरन्तरता दिने बताए ।

रात्रीकालीन फुटबलमा दर्शकको आकर्षण बढाउन गतबर्षबाट फुड फेस्टिभल समेत शुरु गरेको आयोजकले यस बर्षपनिहोटल तथा पर्यटन व्यवसायी संघ बारासंगको सहकार्यमा फुटलब संगै फुड फेस्टिभललाई निरन्तरतादिने जनाएको छ । जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि आरक्षण सिट सहित निशुल्क प्रवेश तथा विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।