सुनसरीमा पाँच बुँदे सहमति, कर्फ्यू खुकुलो पार्दै

2.7k
Shares

काठमाडौं ।

सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद सामाधान पार्न पाँच बुँदे सहमति भएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो ।

दुई समूहबीच  भएको झडपले अवस्था तनावग्रस्त बनेपछि शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो ।

केहीबेर अघि जिल्ला प्रशासन कार्यालय इनरुवामा सम्पन्न सर्वपक्षीय बैठकले घटनाको निन्दा गर्दै छानबिन गर्ने, दोषीमाथि कारवाही गर्ने, घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्ने र तनाव साम्य भएपछि सुनसरीमा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रशासनले लगाएको कर्फ्यू क्रमशः खुकुलो पार्दै लैजाने सहमति पनि भएको छ। शुक्रबार बिहानैबाट सुरु भएको हरिनगर तनावले निम्त्याएको झडपमा १० जना प्रदर्शनकारी र १९ जना प्रहरी घाइते भएका थिए ।