लागू औषध नाइट्राभेटसहित २ पक्राउ


सर्लाही ।

सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

लालबन्दी नगरपालिका १ नवलपुरबाट नाइट्राभेट १० एमजी लेखिएको तिन हजार ट्याब्लेटसहित हरिवन नगरपालिका ७ चिताइनका २८ वर्षीय पिन्टुकुमार गुप्ता र ३० वर्षीय राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध ब्यूरो वीरगञ्जको सूचनाको आधारमा प्रहरीले ज ४ प ५१३६ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध नाइट्राभेटसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।

आरोपीहरुले बोकेको चाउचाउको कार्टुनभित्र लुकाएर ल्याएको नाइट्राभेट ट्याब्लेट तीन हजार थान बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिएका छन् । पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।