चैत्र २९ देखि ‘चौथो दोलालघाट महोत्सव’ हुँदै



काभ्रे। 
‘प्राकृतिक, सांस्कृतिक, कृषि र व्यापार–दोलालघाट पर्यटन प्रवर्द्धन विकासको आधार’ भन्ने मूल नारा सहित २०८० चैत्र २९ देखि चौथो दोलालघाट महोत्सव हुने भएको छ । महोत्सवको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले गर्नेछन् ।

भुम्लु गाउँपालिकामा पर्ने दोलालघाट क्षेत्रको विकासमा थप टेवा पु¥याउन स्थानीय, प्रदेश र संघ सरकारको ध्यानाकर्षण समेत गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको मूल समारोह समितिका संयोजक एवं दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबका अध्यक्ष अष्टबहादुर श्रेष्ठले बताए । दोलालघाटमा क्रियाशील रहेका संघ संस्थाहरु दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लव, दोलालघाट उद्योग वाणिज्य संघ, समृद्ध दोलालघाट टोल विकास समिति, दोलालघाट वनदेउ विकास तथा सुधार समितिले आयोजना गरेको दोलालघाट महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, सूनकोशी तथा इन्द्रावतीका लोकल माछाका परिकारहरू उपलब्ध हुनेछन् ।

त्यस्तै ढुङ्गे सेकुवाका परिकारहरू, काठे डुंगा संचालन, बाल उद्यान रमाइलो मेला (रोटेपिङ्ग, कोलम्वस, हात्तिघोडा, ड्रागन रेल, मिकिमाउस, फिरफिरे रेफ, जम्पिङ), स्थानीय परिकार सहितका चमेना गृह, ¥याफटिङ्ग (बोटिङ्ग), स्वास्थ्य शिविर, धार्मिक स्थलहरुको प्रचार प्रसार, कृषि प्रर्दशनीका स्टलहरु रहनेछन् । साथमा नयाँ वर्ष विशेष कार्यक्रम, निर्माणाधीन बुद्धपार्क तथा भ्यू टावरको अवलोकन, भुम्लु गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार, टिकटक जोन र विच भलिबल लगायतका कार्यक्रमहरु हुनेछन् । महोत्सव वैशाख ३ गते समापन हुनेछ । सोही दिन पूर्वमन्त्री एवं सोही निर्वाचन क्षेत्रका सांसद गोकुलप्रसाद बास्कोटा प्रमुख अतिथि रहनेछन् ।

सांस्कृतिक कार्यक्रममा सरोज लामिछाने, नवराज घोरसाईने, भोजराज काफ्ले, दुर्गस थापा, रमेश प्रसाईँ, विश्व दोङ, उर्गेन दोङ, कल्पना दाहाल, टिका प्रसाईँ, अभिषेक लामा, साहिमा श्रेष्ठ, विनोद लामा, मञ्जु गौतम, सरु गौतम, राजेश ढकाल लगायत दर्जनौँ कलाकाहरुको प्रस्तुति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्