विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ : शिक्षामन्त्री श्रेष्ठ

84
Shares

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत उनले सडक, सदन या सरकार जहाँ हुँदा पनि आफू यो मान्यतामा दृढ रहेको उल्लेख गरिन् ।

उनले भनेकी छिन्– ‘प्रतिपक्षमा हुँदा एउटा कुरा र मन्त्री हुँदा अर्को, यो मैले जानेको छैन। राजनीतिमा लाग्नु अघि पनि सांसदले सडकमा होस्, सदनमा होस् वा सरकारमा हुँदा होस् एउटै बोली बोल्न पर्छ भन्ने मान्यतामा दृढ छु। हिजो प्रतिनिधिसभाको सदस्यको रूपमा र आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा मेरो एउटै धारणा छ, विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ। प्राज्ञिक क्षेत्रबाटै छनोट हुनुपर्छ।’

उनले राजनीतिक नेतृत्व पदेन रूपमा कुलपति, सहकुलपति भएर विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता हुन नसक्ने बताइन्। मन्त्रीको जिम्मेवारीसँगै जनतालाई गरेको वाचा आफुले नबिर्सने उनले बताइन्।