साउदी लिगमा अल हिलाल विजयी



काठमाडौं ।

साउदी प्रो लिग अन्तर्गत अल हिलालले आफ्नो अपराजित यात्रा जारी राखेको छ। गए राति सम्पन्न खेलमा अल हिलालले अल खालीजलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

अल हिलालको जितमा माल्कमले २ गोल गरेका थिए भने सालेह अलशेश्री र अब्दुल्लाह अल हामदानले एक एक गोल गरेका थिए। त्यस्तै अल खालीजका लागि मोहमद शेरिफले एक गोल गरेका थिए।

यो जितपछि अल हिलालको २७ खेलमा २५ जित र २ बराबरीसहित अपराजित रहँदै ७७ अंक भएको छ र लिगमा शीर्ष स्थानमा छ।

त्यसै गरी दोस्रो स्थानमा रहेको अल नासर २७ खेलमा ६५ अंकसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै अल खालीज भने २७ खेलमा ३४ अंकसहित नवौं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्