आईपीएलमा हैदरावादसँग चेन्नई पराजित



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। गएराति भएको खेलमा साविक विजेता चेन्नईलाई हैदरावादले ६ विकेटले पराजित गरेको हो।

चेन्नईले दिएको १६६ रनको लक्ष्य हैदरवादले चार विकेट गुमाएर ११ बल खेल्न बाँकी हुँदै परा गर्‍यो। हैदरावादको जितमा एडेन मार्करामले ३६ बलमा ५० रनको योगदान दिए। यस्तै अभिषेक शर्माले १२ बलमा ३७ रन बनाए।

ट्राभिस हेडले ३१, शाहबाज अहमदले १८ रन जोडे। चेन्नईका लागि मोइन अलीले २ तथा महेश तिक्षणा र दिपक चाहरले १–१ विकेट लिए। राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो। चेन्नईका लागि शिवम दुबेले सर्वाधिक ४५ रन बनाए।

अजिंक्य रहाणेले ३५, कप्तान ऋतुराज गायकवाड २६, रविन्द्र जडेजाले ३१ रनको योगदान गरे। हैदरावादका भुवनेश्वर कुमार, शाहबाज अहमद, थांगारासु नटराजन र जयदेव उनादकटले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्