श्रीलंकन नागरिकलाई नेपालमा बन्धक बनाउने पाकिस्तानीहरू पक्राउ

282
Shares

काठमाडौँ।

श्रीलंकन नागरिकलाईलाई युरोपियन मुलुक पठाउने भनी नेपालमा बन्धक बनाएको आरोपमा चार पाकिस्तानी नागरिकहरू पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुहमा पाकिस्तान रावलपिण्डीका ५७ वर्षीय जुबैर अजमद, पाकिस्तान गुजरनवालाका ४२ वर्षीय शाहजहन तन्विर, सोही ठाउँका ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट  खटिएको टोलीले उनीहरुलाई काठमाडौंको ठमेलबाट  बिहीबार पक्राउ गरेको हो  ।

उनीहरुली वैदेशिक रोजगारीमा क्यानडा, रोमानिया, ग्रिस पठाइदिने भन्दै श्रीलंकनलाई काठमाडौं ल्याइ बन्धन बनाउने, कुटपिट गर्ने धम्की दिने र रकम लुटपाट समेत गर्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेकाहरुलाई अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान तथा कारबाही गर्न  जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।