क्रिप्टो मुद्रा व्यापार गर्ने एक जना पक्राउ

20.8k
Shares

काठमाडौं ।

क्रिप्टो मुद्रा व्यापार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका ८ मा ५४ वर्षीय शनि भण्डारी रहेका छन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बिपरित क्रिप्टो मुद्रा व्यापारबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीले खोनतलासको क्रममा टोखा नगरपालिका वडा नं.८ सुन्दरबस्तीबाट पक्राउ गरेकाे छ । उनलाई नेपाल राष्ट्र बैंक ऐन अन्तरगतको कसुरमा आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ  ।