कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आव्हान

406
Shares

सुर्खेत ।

कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आव्हान गरिएको छ ।

प्रदेश प्रमुख तिलक परियारले सात दिनको समय दिएर संविधानको धारा १६९ को उपधारा ९१० को उपधारा ९क० अनुसार चैत २७ गते बेलुका ५:५० भित्र नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री राजकुमार शर्माले बुधबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने वातावरण नभएको भन्दै राजीनामा दिएको घोषणा गरेका थिए ।

प्रदेश प्रमुखले दिएको समयसीमाभित्र संविधानको धारा १६९ को उपधारा ९३० अनुसार प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखे जिम्मेवारी तोकेका छन् ।