सवारी दर्ता किताब किर्ते गरेको आरोपमा एक जना पक्राउ

840
Shares

काठमाडौं ।

सवारी दर्ता किताब किर्ते गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा  चितवन भरतपुर महानगरपालीका ११ बस्ने  ३७ वर्षीय मनोज कुमार सुनार बराईली हरेका छन्  ।

उपत्यकामा केही ब्यक्तीहरुले लिखित किर्ते गरि सवारी दर्ता किताब लगायतका कागजातहरु तयार गरि लिखित किर्ते गरेकाे आराेपमा उनलाई  काठमाडाैं  महानगरपालिका – १६ कोईराला मार्टबाट गरेको गोप्य सुचना आधारकाे पक्राउ गरेकाे हाे  ।

बराईलीलाई पक्राउ गरी किर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाएको प्रहरी उपरीक्षक नकुल पोखरेल जानकारी दिए  ।