शंका उपशंखा गर्ने ठाउँ छैन: अध्यक्ष आचार्य 

434
Shares

ललितपुर । 
नेकपा (एमाले)ललितपुरको ऐतिहासिक नवौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । यही चैत्र २३, २४ र २५ गते महालक्ष्मी नगरपालिका–१इमाडोलमा हुने अधिवेशनको तयारी पूरा भएको बुधबार सातदोबाटोस्थित पार्टि कार्यालयमा आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।
अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेदेखि लिएर राजनीतिक तथा संगठनीक प्रतिवेदन तयारी पूरा भएको प्रचार उपसमिती संयोजक ब्रम्हानन्द श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिवेदन तयार भई प्रकाशनका लागि पठाइएको छ । विभिन्न उपसमितिले अधिवेशनलाई पूर्ण व्यवस्थित बनाउँन आफ्नो जिम्मेवारी पूरा गरेका छन्, उनले भने र्, महालक्ष्मी नगरको प्रवेश क्षेत्रमा स्वागतद्धार निर्माण हुँदै गरेको, जिल्लाका विभिन्न मुख्य स्थानमा स्वागतका लागि ब्यानरहरु राखिएको छ ।
लेखा समितिले लेखासम्बन्धी प्रतिवेदन पेश गरिसकेको छ भने निर्वाचनका लागि भोटिङ मेसिनको व्यवस्था भएको उनले बताए । प्रचार उपसमितिले ७१ वटै शाखामा ब्यानरमार्फत प्रचार गरिएको, पार्टीभित्र र अन्य पार्टीले दिनुभएको शुभकामनालाई पार्टीको आधिकारिक पेज तथा प्रचार पेजमार्फत प्रकाशन र प्रशारण गरिएको उपसमिती संयोजक श्रेष्ठले जानकारी दिए ।
अधिवेसनको उद्घाटनका दिन स्वास्थ्य उपसमितिलेस्वास्थ्य सिविर तथा रक्तदान कार्यक्रम राखेको छ । सांस्कृतिक उपसमितिले उद्घाटनका लागि आवश्यक विविध सांस्कृतिक कार्यक्रमहरुको तयारी गरेको छ । विभिन्न उपसमितिले अधिवेशनलाई पूर्ण व्यवस्थित बनाउँन आफ्नो जिम्मेवारी पूरा गरेका छन् ।
चैत्र २३ गते ११ बजे हुने अधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।  उद्घाटनकै दिन साँझ ५ बजेबाट ७ बजेसम्म र  २४ गते विहान ८ बजेबाट दिउँसो ३ बजेसम्म  बन्द सत्र चल्नेछ ।  राजनीतिक तथा सांगठनिक प्रतिवेदन, ३ वर्षे कार्ययोजना लगायतका प्रतिवेदन पेश गरिने प्रचार उपसमिती सचिव बालमुकुन्द आचार्यले जानकारी दिए ।
अधिवेशनका लागि ७१ वटै वडा, २३ वटा जनसंगठन, पालिकास्तरीय दलित प्रतिनिधी , लेखा समिती , सल्लाहकार समिती, मनोनित गरी करिब ५ सय जना प्रतिनिधी चयन गरिएको प्रचार उपसमिती सहसंयोजक श्याम शर्मा बजगाइँले जानकारी दिए ।
जिल्ला कमिटीको गत २०८० फागुन २३ गते बसेको दशौं पुर्ण बैठकले जिल्लाको नवौ अधिवेशनसम्बन्धी निर्णय गरेको थियो ।
अधिवेशनका अध्यक्ष पुरुषोत्तम आचार्यको संयोजकत्वमा ४ सय ७५ सदस्यीय मुल ब्यवस्थापन समिति गठन भएको छ । जस अनुसार राजनीतिक तथा सांगठनिक प्रतिबेदन समिति संयोजकमा  अध्यक्ष पुरुषोत्तम आचार्य, ललितपुर समद्धिका आधार निर्माण समितिको संयोजकमा पार्टि केन्द्रिय सदस्य हरिकृष्ण ब्यञ्जनकार ,  हल तथा मञ्च ब्यास्थापन उपसमितिको संयोजकमा जिल्ला सचिव राम राउत रहेका छन् ।
यसैगरी जन परिचालन उप समितिको संयोजकमा जिल्ला उपसचिव श्याम ब्यञ्जनकार , प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजकमा जिल्ला संगठन विभाग प्रमुख अष्टवीर ब्यञ्जनकार रहेका छन् ।  यस्तै , खाद्य ब्यवस्थापन उपसमितिको संयोजकमा पवन के। सी।, साँस्कृतिक उपसमितिको संयोजकमा आशा राई तथा आर्थिक उपसमितिमा गम्भीर राना र निर्वाचन समितिमा पुरुषोत्तम ढुङ्गाना संयोजक रहेका छन् ।
यसैगरी लेखा समितिमा रघुनाथ घिमिरे , प्रचार उपसमितिमा ब्रम्हानन्द श्रेष्ठ , अतिथि सत्कार उपसमितिमा अन्नपूर्ण बस्नेत, स्वास्थ्य उपसमितिमा कमला थापा र स्वयंसेवक व्यवस्थापन उपसमितिमा साजन दर्लामी ९राजकुमार० संयोजक रहेका छन् ।
अधिवेशनले नयाँ नेतृत्वका लागि मनोनयन लगायतका निर्वाचन प्रकृयाका निम्ति चैत्र २४ साँझ ५ बजेपछिको समय तोकेको छ । सकेसम्म सहमतीमै र नभए मात्र लोकतान्त्रिक पद्धतीबाट नेतृत्व छानिने जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिए ।
उनका अनुसार सहमती नभएको खण्डमा चैत्र २५ गते विहान ८ बजेबाट भोटिङ मेसिनमार्फत मतदान गर्ने सम्मको विकल्प तयार पारिएको छ । अधिवेशनका लागि गठित निर्वाचन समितिको निर्णायानुसार निर्वाचन कार्यक्रम तय हुने उनले बताए ।
नेपाली कम्युनिष्ट आन्दोलनको आधार भूमिको रुपमा परिचित ललितपुर जिल्ला कम्युनिष्ट आन्दोलनको उर्भर भूमिको रुपमा लिइन्छ ।
शंका उपशंखा गर्ने ठाउँ छैन: अध्यक्ष आचार्य 
एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले नवौँ अधिवेशनमा प्रतिनिधी छनौट गरेको विषयलाई कुनै शंका–उपशंकाका दृष्टिबाट नहेर्न आग्रह गरेका छन् ।
अधिवेशनको जानकारी गराउने उदेश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै जिल्ला अधिवेशन निर्देशिका २०८० अनुसार नै प्रतिनिधी छनौट गरिएकाले त्यसमा शंका उपशंका गर्ने ठाउँ नभएको प्रतिक्रिया दिए ।
उनका अनुसार भूगोलमा १५ संगठीत सदस्य बराबर १ प्रतिनिधी रहेका छन् । संख्या नपुगेमा पनि प्रत्येक शाखाबाट १ महिला र १ पुरुष भने अनिवार्य गरिएको छ । र्
मनोनितको संख्या जोडेका छैनौ, उनले भने र्, केन्द्रिय संगठन विभाग , प्रदेश संगठन विभाग र जिल्लाको संगठन विभागले सहि गरेपछि मात्र आधिकारीक प्रतिनिधी बन्न पाइनेछ । प्रमाणित भएको संख्या आउन बाँकी छ ।
प्रतिनिधी दर्ता शूल्क प्रत्येकलाई १ हजार तोकिएको छ भने साविक १ सय ९४ सदस्यीय जिल्ला कमिटी सदस्य प्रत्येकलाई १५ सय तोकेको छ । महानगरका २९ वटै शाखालाई १० हजारका दरले , महालक्ष्मीका १० र गोदावरीकमा १४ वटै वडा कमिटीलाई ७ हजार ५ सयका दरले आर्थिक दायित्व तोकिएको छ ।
यस्तै कोन्ज्योसोम, महाङ्काल र बाग्मती गाउँपालिकाका सबै शाखाहरुलाई ५–५ हजारका दरले आर्थिक दायित्व तोकेको उनले बताए । त्यसका अलावा माया गर्ने समर्थक र शुभेच्छुकबाट प्राप्त भएको सहयोग रकमबाट अधिवेशन चल्दैछ । केन्द्रिय लेखा आयोगबाट अडिट भइसकेको छ ।
समय अनुकुल आफूहरु चल्नुपर्ने भएकाले यसपाली प्रविधीको माध्यमबाट प्रत्यक्ष प्रसारण गर्दै घरमै बसेर अधिवेसनको उद्घाटन समारोह अवलोकन गर्न सक्नेछन् ।