ताइवानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

21.71k
Shares

काठमाडौं ।

ताइवानमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.४ मापन गरिएको छ। यसलाई २५ वर्षपछिको ठुलो भूकम्प भएको बताइएको छ।

भूकम्पका कारण सहरका धेरै ठाउँमा विद्युत् अवरुद्ध भएको छ। देशभर ८७ हजारभन्दा बढी मानिस विद्युतविहीन जीवन बिताइरहेका छन्। अहिले पुनर्निर्माणको काम भइरहेको बताइएको छ।

ताइवानको यस भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्समा सुनामीको चेतावनी जारी गरिएको छ। पूर्वी ताइवानमा धेरै भवनहरू भत्किएका छन्।