नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

2.2k
Shares

एजेन्सी ।

टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको ज्यान गएको छ। टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका छन्।

दुर्घटना हुँदा यो नाइट क्लब बन्द थियो र मर्मत कार्य चलिरहेका बेला आगलागी भएको बताइएको छ। मारिनेमा अधिकांश मजदुर रहेका छन्।

मिडिया रिपोर्टका अनुसार इस्तानबुलको एक आकर्षक आवासीय क्षेत्रमा १६ तले भवन रहेको छ। हालसम्म क्लबका मालिकसहित पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ । क्लबले पुनर्निर्माणको स्वीकृति नलिएको बताइएको छ।