नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजा घर सञ्चालक पक्राउ 



काठमाडौँ। 

नाबालिकाहरुलाई विभिन्न किसिमको डर त्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।   का.म.पा. वडा नं.१६ स्थित ‘लाफा’  खाजा घरका सञ्चालक उदयपुरको  उदयपुरगढी गाँउपालिका-.६ स्थायी घर भएका २३ वर्षीय नविन कुमार मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

उक्त  खाजा घरमा  बालिकाहरुलाई विभिन्न किसिमको डर त्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने गोप्य सुचनाको आधारमा मानव बेचबिखन अनुसन्धान  ब्युरोबाट खटिएको टोलीले खाजा घरमा गई निगरानी गर्ने क्रममा १३ वर्षीय नाबालिगकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनको लागि  गत फागुन देखि डर त्रासमा पारी राखेको अवस्थामा फेला पारेको  प्रहरीले जनाएको छ।  साथै उक्त स्थानबाट बालिकालाई  प्रहरीले उद्धार गरेको छ।

जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेका उनलाई  पीडितले पेश गरेको जाहेरीको आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दिन (५) को म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्