विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा,को कुन मन्त्रालयमा ?



 

काठमाडौँ। सरकारले फेरि ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ ।बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय तथा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रदेश प्रमुख सचिवहरूको सरुवा गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएका छन् भने त्यहाँका सचिव गोपाल प्रसाद सिग्देल शर्माको ठाउँमा आएका छन् । यस्तै जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडी सिँचाइमा लगिएको छ । त्यहाँ कार्यरत सुशील चन्द्र तिवारीलाई ऊर्जा आयोगमा पठाइएको छ ।

त्यसैगरी वित्त आयोगका सचिव कृष्ण बहादुर राउत उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय(उद्योग)मा गएका छन् भने त्यहाँका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालय पुर्‍याइएको छ । यस्तै उपराष्ट्रपतिको कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा सरुवा भएका छन् ।

यस्तै मधेस प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय(वाणिज्य) सचिवमा सरुवा भई आएका छन् भने त्यहाँका सचिव नारायण प्रसाद शर्मा दुवाडी निर्वाचन आयोगमा सरुवा भएका छन् । यस्तै बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा भई आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्