सनातन हिन्दुराष्ट्र कायम राख्नु पर्छ : पुष्पा भुषाल

532
Shares

काठमाडौं ।

पूर्व मन्त्री एवं नेपाली कांग्रेस कन्द्रीय सदस्य पुष्पा भुषालले सनातन हिन्दुराष्ट्र कायम राख्नु पर्छ भन्ने अभियानलाई बृहत् बहसका रुपमा लैजानु पर्ने बताएकी छन् ।

स्मार्ट मल सुकेधारामा चलिरहेको सनातन हिन्दुराष्ट घोषणा महाअभियानको विषेश बैठकलाई सम्वोधन गर्दै उनल राष्टसँग जोडिएको विषय भएकाले लोकतन्त्रको मूल्य मान्यता बोकेको कांग्रेसले यो मुद्दाको नेतृत्व लिनु पर्ने बताएकी हुन ।

सनातन हिन्दुराष्ट्रसँग नेपाल राष्ट्र र नेपाली जनतासंग जोडिएकाले पार्टीभित्र खुलला बहस सुरु भएको हो , भुसालले भनिन् केन्द्री समितिका ४० प्रतिशतले यो एजेन्डालाई स्वीकार गरिसकेको छ ।

उनले अभियानलाई सातवटै प्रदेशमा संस्थागत गर्दै बैचारिक ढंगले अघि बढाउनु पर्ने अभियानताहरुलाई सुझाव दिएकी छन् ।

यस्तै कार्यक्रममा बोल्दै शंकर भण्डारीले महासमिति बैठकमा लगेको प्रस्तावलाई स्वीकार गरिसकेको बताएका छन् । अरु दलका साथिहरुले समेत कांग्रेसले लिडरोल लिईदियोस भन्ने चाहाना व्यक्त गरेको बताए । कांग्रेस पार्टीले यो विषयलाई मुल मुद्दा बनाएर अघि बढ्नुपर्ने सबै क्षेत्रबाट सुझाव आएको एक हप्ताभित्रै सभापतिलाई भेटेर अभियानलाई व्यापकता बनाउने जनाएका छन् ।