चिनियाँ फुटबलका पूर्व अध्यक्षलाई आजीवन जेल

2.07k
Shares

एजेन्सी ।

चिनियाँ फुटबल संघ (सीएफए) का पूर्व अध्यक्ष चेन सुयुवानलाई भ्रष्टाचारको आरोपमा आजीवन जेलको सुनुवाई गरिएको छ।

मध्य हुबेई प्रान्तको एक अदालतले चेनले २०१० देखि २०२३ सम्म आफ्ना विभिन्न पदहरूको फाइदा उठाउँदै भ्रष्टाचार गरेको पुष्टि भएको थियो।

उनले चिनियाँ फुटबल संघलगायत परियोजना अनुबन्ध, लगानी सञ्चालन र खेलकुद कार्यक्रमहरूको व्यवस्था सम्बन्धी मामिलामा अरूलाई सहयोग पु¥याइए वापत घुस लिने गरेको आरोप लागेको थियो।

चेनले गत जनवरीमा ८१ मिलियन युआन घुस लिएको आरोप स्वीकार गरेका थिए। त्यस्तै, राष्ट्रपति सी जिनपिङको नेतृत्वमा भ्रष्टाचार विरोधी खेलकुद, बैंकिङ र सेनामा समेत कटौती गरिएको बताइएको छ।