कोम भारतीय ओलम्पिक टोलीकी सेफ द मिसन

0
Shares

एजेन्सी ।

भारतीय ओलम्पिक संघ (आईओए) ले पेरिस ओलम्पिक २०२४ को लागि भारतीय टोलीको सेफ द मिसनको रूपमा विश्व चर्चित बक्सिङ खेलाडी मेरी कोमलाई नियुक्त गरेको छ।

६ पटककी विश्व च्याम्पियन मेरी कोमले सन् २०१२ को लन्डन ओलम्पिकमा कास्य पदक जितेकी थिइन्। मेरी कोमको खेलप्रतिको समर्पण र प्रेरणादायी यात्राले पेरिस ओलम्पिकमा सहभागिता जनाउने सम्पूर्ण खेलाडीलाई मार्ग दर्शन गर्ने आईओएले जनाएको छ।

आईएओकी अध्यक्ष पीटी उषाले यो नियुक्ति सम्बन्धमा आफु निकै खुशी भएकी बताइन्। साथै उनले भारतीय खेलाडीले पेरिस ओलम्पिक २०२४ मा सर्वश्रेष्ठ प्रदर्शन गर्ने बताउँदै शुभकामना समेत दिएकी छन्।